अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन राप्रपाको माग

३२ श्रावण २०७८, सोमबार १४:२५

३२ साउन, काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।

राप्रपाका अनुसार तालिवानी विद्रोहीहरुले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि त्यहाँको शान्ति सुरक्षा खलबलिएको भन्दै त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन र उनीहरुको पूर्ण सुरक्षा गर्न माग गरेको हो ।

राप्रपाले सोमबार बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले गरेको ७ बुँदे निर्णय सार्वजनिक गर्दै ब्रिटिश गोरखाका भूतपूर्व सैनिकहरूको संघर्षप्रति ऐक्यबद्धता समेत जनाएको छ । उक्त पार्टीले ब्रिटिश गोरखा भूतपूर्व सैनिकहरूका माग तत्काल पुरा गर्न समेत बेलायत सरकारसँग आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *