कुलमानको नियुक्ती विरुद्ध सर्वोच्च पुगे हितेन्द्रदेव शाक्य

३२ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको नियुक्तीको विरोधमा हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् । शाक्यले सोमबार सर्वोच्च अदालतमा नियुक्ती खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
उनले आफूलाई गैर कानूनी रुपमा कार्यकारी निर्देशक पदबाट हटाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
उनले आफ्नो सहमति बिना नै जल तथा उर्जा आयोगको विज्ञ सदस्य पदमा नियुक्त गर्ने र कुलमान घिसिङलाई आफ्नो पदाधिकार नटुटेको र कायम रहेको प्राधिकरणको कार्यकारी पदमा नियुक्त गर्ने निर्णय गलत भएको दावी गर्दै रिट दायर गरेका छन् ।