सोल्टी होटल १८ करोड ६० लाख घाटामा, इपीएस पनि घट्यो

भदौ १, काठमाडौं । गत आर्थिक बर्षको चौथो त्रैमासिक सम्म आइपुग्दा सोल्टी होटल १८ करोड ६० लाख रुपैँया नोक्सानमा रहेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म रू। ११ करोड २० लाखभन्दा बढी खुद नाफा गरेको होटल गत वर्ष भने खुद नोक्सानीमा रहेको हो ।
अघिल्लो वर्ष रू. १ अर्ब २६ करोड ४० लाखभन्दा बढी आम्दानी गरेको होटलले गत वर्ष रू. ४३ करोड ११ लाखभन्दा बढी मात्र आम्दानी गरेको हो । हाल होटलको चुक्तापूँजी रू. ८४ करोड २५ लाख ७९ हजार रहेको छ भने जगेडा कोष रकम रू. ६२ करोड ११ लाखभन्दा बढी छ । अघिल्लो वर्ष यस अवधिसम्म होटलको जगेडा कोष रकम रू. ८१ करोड ४६ लाखभन्दा बढी थियो ।
सोल्टि होटल प्रति सेयर २ रुपैँया २१ पैसाले नोक्सानमा रहेको छ । भने प्रतिसेयर नेटवर्थ पनि १९ रुपैँया ६७ पैसाबाट घटेर १७ रुपैँया ३७ पैसामा झरेको छ ।