माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय

१ भाद्र २०७८, मंगलवार १२:१८

१ भदौ, काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।

उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।

कारबाहीमा पर्ने सांसदहरुमा वरिष्ठ नेता नेपालसँगै जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणि चौधरी, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव र कलिला खातुन रहेका छन् ।

१४ सांसदलाई कारबाही गरेकाले पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको एमाले स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *