आज देशैभरी थपिए ३,४०३ कोरोना संक्रमित, ४२ जनाको मृत्यु

२ भाद्र २०७८, बुधबार १३:१९

२ भदौ, काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पिसीआर र ४,९९९ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १६ हजार ८३८ नमुना परीक्षणमा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयको विवरण अनुसार मंगलवारको तुलनामा बुधवार संक्रमित हुनेको संख्या केही बढेको हो ।

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा ९९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाण्डौका ७११ जना, ललितपुरका १६० जना र भक्तपुरका १२२ जना छन्। यो अवधिमा थप २ हजार १०४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने थप ४२ जनाको मृत्यु भएको पुष्टि भएको छ।

हाल देशैभरी सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३६ हजार ८०६ जना होम आइसोलेशन र ३,५३२ जना संस्थागत आइसोलेशनमा उपचारत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *