धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओमाथि तत्काल अनुशन्धान र कारबाहीको माग

४ भाद्र २०७८, शुक्रबार ०७:२४

भदौ ४, काठमाडौं । अर्थ समितिको आजको बैठकमा शेयर खरिद बिक्रिमा संलग्न बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बोर्डका संचालक चन्द्र ढकाललाई तत्काल निलम्बन गरेर छानविन गर्न रामकुमारी झाँक्रिले माग गरेकी छन् ।

सर्वोत्तम सिमेन्टले करिब साढे ७ रुपैयाँ प्रति कित्ताका दरमा बुक बिल्डिङबाट बिक्री गर्न लागेको सेयर ढुंगानाले छोरी र नेप्सेका सीइओ चन्द्र सिंह साउदले श्रीमतिका नाममा खरिद गरेका थिए। पदीय दुरुपयोग गरेर सेयर खरिद गरेको आरोपमा उनीहरुलाई सरकारले स्पष्टीकरण सोधेको थियो । यस विषयमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उच्चस्तरीय समिति बनाएर छानबिन हुनुपर्ने बताए ।

सांसद सत्या पहाडीले पूर्व सरकारले गरेका नियुक्तिहरुमा कमजोरी रहेको र अन्य पनि विस्तारै खुल्दै जाने बताइन् । दोषीलाई कारबाही नहुने भए यसले गलत संस्कार बस्ने उनको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *