देशभर थपिए ३,०४२ जना कोरोना संक्रमित, २६ जनाको मृत्यु

४ भदौ, काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
१० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार ४२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, बितेको २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ भने २ हजार २४४ जना निको भएका छन् । हालसम्म निको हुने दर ९३।१ प्रतिशत रहेको छ । यसैगरी, कुल १० हजार ४ सय ५५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।