कोरोनाबाट निको हुनेको संख्या बढ्दै, २४ जनाको मृत्यु

६ भाद्र २०७८, आईतवार १२:०९

६ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुनेको संख्या बढेको छ । २४ घण्टामा थप एक हजार ९ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार देशभर १२ हजार ५ सय १६ जनामा कोरोना परीक्षण भएकोमा १ हजार ९ सय २० जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा २४ जना संक्रमितको मृत्यू भएको छ । हालसम्म कुल १० हजार ५ सय ९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २ सय ४८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *