दुई बिमा कम्पनीहरु मर्जरको तयारीमा, स्वाप रेसियोको विषयमा थप छलफल

९ भाद्र २०७८, बुधबार ०७:३२

भदौ ९, काठमाडौं । दुई बिमा कम्पनीहरु सगरमाथा इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्यारेन्स कम्पनीबीच मर्जरको विषयमा छलफल सुरु भएको छ । मर्जर गर्न दुबै पक्ष इच्छुक भएपनि स्वाप रेसियोको विषयमा सहमति हुन सकेको छैन ।

यी दुई कम्पनीका सञ्चालकहरुबीच मर्जरका लागि २४ साउनमा नै भद्र सहमति भएपनि, सेयर अनुपातको कुरा फाइनल नहुँदा मर्जर सम्झौतामा ढिलासुस्ती भएको हो । सुरुवाती छलफलतामा हिमालयन जनरल इन्स्यारेन्सको एक सय कित्ता बराबर सगरमाथाको ८० कित्ता प्रस्ताव गरिएको थियो ।

तर हिमालयन जनरल इन्स्यारेन्सले सय कित्ता बराबर ९० कित्ता सेयर दिनु पर्ने माग राखेको छ । प्राप्त खबर अनुसार सगरमाथाका केही सञ्चालकले भने ७५ प्रतिशत दिनुपर्ने माग गरेका थिए । नाम लगायतका विषयमा समस्या उत्पन्न भएकोमा यस विषयमा छलफल गर्न दुबै समूहको भोलि बिहीबार बैठक बस्दैछ । सम्भवतः ८० वा ८५ प्रतिशतमा मिल्ने सम्भावना प्रवल देखिन्छ ।

यी दुई संस्थाहरु मर्ज भएर बन्ने कम्पनी देशकै ठूलो बिमा कम्पनी हुनेछ । सगरमाथा रिटेल ग्राहकहरु धेरै भएको कम्पनी हो भने हिमालयन कम्पनी कर्पोरेट ग्राहक धेरै भएको संस्था हो । हाल हिमालयन जनरलको चुक्ता पुँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ भने सगरमाथाको चुक्तापुँजी १ अर्ब १२ लाख २३ हजार रुपैयाँ रहेको छ ।

यि दुई कम्पनी एक भएपछि निकै बलियो कम्पनी हुनेछन् । बिमा क्षेत्रको इतिहासमा यी दुई कम्पनीहरु पहिलो पटक मर्ज हुन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds