अब यसरी परिवर्तन गर्न सकिन्छ कतारमा रहेका नेपाली श्रमिकले रोजगारदाता

२० भाद्र २०७८, आईतवार ०५:१५

कतारमा रोजगारदाता तपाईँको इच्छा अनुसार काम परिवर्तन गर्न सक्नुहुन्छ ।

कम्पनी परिवर्तन बारे सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्सले ‘प्रवासी सूचना साथी’ को नामबाट कतारमा नेपाली श्रमिकले कसरी सजिलै कम्पनी परिवर्तन गर्न सक्छन् भन्ने  एउटा जानकारीमुलक सूचना सार्वजनिक गरेको छ ।

कसरी काम परिवर्तन गर्ने ?

– रोजगारदाता (कम्पनी वा व्यक्ति ) परिवर्तन गर्दा सूचना दिनुपर्ने ।

-दुई वर्षभन्दा बढी अवधि काम गरेका भए २ महिनाको सूचना दिने । २ वर्षभन्दा कम अवधि काम गरिरहेको भए १ महिनाको सूचना दिने ।

-रोजगारदातासँग भएको करारको म्याद सकिने मितिभन्दा ३० दिनअघि सूचना दिनुपर्छ । करार पत्रमा करारको म्याद सकिने मिति उल्लेख नभएमा ५ वर्षपछि मात्र सूचना दिन सकिने । यस्तोमा ५ वर्ष पछि सूचना दिँदा ६० दिनको सूचना दिने ।

– सूचनासँगै छाड्न चाहेको रोजगारदातासँगको करार पत्र, त्यो नभए रोजगारी दिने पत्र अर्थात नयाँ रोजगारदाताले दिएको कामको अफर पत्र र जान चाहेको रोजगारदाताले अरबीमा लेखेको जागिर दिन्छु भन्ने पत्र र रोजगारदाता परिवर्तन गर्न भरेको फाराम समेत संलग्न गर्नु पर्दछ ।

यी हुन् पूरा गर्नुपर्ने प्रकिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *