अन्तर–बैंक कारोबार १३३ अर्ब ८ करोड

२७ पुष २०७७, सोमबार १९:२४

बैंकिङ खबर । अन्तर–बैंक कारोबार १३३ अर्ब ८ करोड रहेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनाको आर्थिक तथा वित्तीय अबस्था सार्वजनिक गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को चार महिनामा वाणिज्य बैंकहरुको रु.७१ अर्ब ८८ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को रु.६१ अर्ब २० करोड गरी कुल रु.१३३ अर्ब ८ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु.६९७ अर्ब २ करोड र अन्य वित्तीय संस्थाहरुको रु.५८ अर्ब २३ करोड गरी कुल रु. ७५५ अर्ब २५ करोड अन्तर बैंक कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *