आज देशैभरी थपिए १३३० कोरोना संक्रमित, ५ जनाको मृत्यु

५ असोज, काठमाडौँ । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढीरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३०० जना संक्रमित भएका छन् भने निको हुनेको संख्या १८३० रहेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ६२२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७५ हजार ९५९ पुगेको छ । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५४ हजार ४००० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।