सरकारलाई खर्च गर्ने बाटो खुल्यो ,राष्ट्रपतिद्धारा विनियोजन विद्येयक प्रमाणीकरण

७ आश्विन २०७८, बिहीबार १३:४०

७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विद्येयक २०७८ प्रमाणीकरण गरेकी छिन्।संसदको दुबै सदनको बैठकबाट पारित भएर आएको विद्येयक बिहीबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन् । बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुल्ने छ ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ पेस हुन आएको उक्त विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा ९२० मा भएको व्यवस्थाबमोजिम बजेट प्रमाणीकरण गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *