महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

१० असोज, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७६/२०७७ को वित्तीय विवरण बीमा समितिबाट असोज ७ गते स्वीकृति पाएपछि बीमितलाई दिने ५ प्रकारका बीमा योजनाहरूको बोनस दर सार्वजनिक गरेका हो ।
महालक्ष्मी सावधिक जीवन बिमा योजना, महालक्ष्मी सरल जीवन बिमा योजना, महालक्ष्मी जीवन हेरचाह बिमा योजना, महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजना र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा प्रति हजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनस कायम गरेको छ ।