प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

११ आश्विन २०७८, सोमबार १२:१८

११ असोज, काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले सोमवार एक सूचना जारी गर्दै संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो ।

बैंकले बैंका संस्थापक शेयरधनीहरु विवेक अग्रवाल, राकेश कुमार सरावगी, सुजित श्रेष्ठ र अन्जन श्रेष्ठले शेयर विक्री गर्ने इच्छा राखी निवेदन दिएकाले उक्त शेयर विक्री गर्दा पहिलो प्राथमिकता बैंकका संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले कम्पनीले शेयर विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा सम्पर्क राखी शेयर खरीद गर्न बैंकले आग्रह गरेको छ । शेयरको मूल्य भने तोकिएको छैन ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई उक्त संस्थापक शेयर विक्री प्रक्रिया अगाडी बढाउने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *