एडिबीको ‘लिडिङ्ग पार्टनर बैंक’ उपाधि लक्ष्मी बैंकलाई
१३ असोज, काठमाडौं । एसियन डेभेलपमेन्ट बैंक ले २०२१ को लिडिङ्ग पार्टनर बैंक को उपाधि बाट लक्ष्मी बैंक लाई सम्मानित गरेको छ ।
सो उपाधि एडिबी को ट्रेड तथा सप्लाई चेन फाइनान्स योजना अन्तर्गत रहेको छ जसमा एडिबी सँग को सहकार्य मा सबै भन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ । लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको हो ।
एडिबीले सो उपाधिहरु जुलाई १, २०२० देखी जुन ३०, २०२१ को अवधीभर गरिएको विभिन्न सहकार्यको आधारमा प्रदान गर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैंकले विभिन्न साना, मझ्यौला तथा ठुला संस्थाहरुसँग कारोबार गरी सबै भन्दा सकृय साझेदार बैंकको रूपमा प्रस्तुत भएको छ ।
हालको कोभिड–१९ को स्थितिका कारण, भर्चुअलु गरिएको पुरस्कार समरोहमा सो उपाधि लक्ष्मी बैंकलाई प्रदान गरिएको थियो । सो कार्यक्रममा २०० भन्दा बढी साझेदार बैंकहरु उपस्थित थिए जसमा २५ बैंकहरुलाई २० वटा श्रेणीमा विभिन्न उपाधिहरुद्वारा सम्मानित गरिएको थियो ।