स्वाभिमान लघुवित्तद्धारा ३४% लाभांश घोषणा, बोनश र नगद कति ?

१७ आश्विन २०७८, आईतवार १२:३०

१७ असोज, काठमाडौं । स्वाभिमान लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको आज आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ३२ दशमलव ३० प्रतिशतले हुन आउने २ करोड ९७ लाख ३२ हजार १ सय ५० रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजन सहितको लागि १ दशमलव ७० प्रतिशतले हुन आउने १५ लाख ६४ हजार ८ सय ५० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।

यस्तो छ कम्पनीले प्रकाशन गरेको सुचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *