‘बैंकिङ् क्षेत्रमा कानून र नीति नियम पालना गरे दीगो विकास सम्भव छ’

१२ साउन, काठमाडौं । सामान्य अर्थमा मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचिलत कानुनबमोजिम संगठित वित्तीय संस्था नै बैंक हो । अर्थात, बैंक भनेको चाहेको बेला झिक्न पाउने गरी पैसा राखिदिने, ब्याजमा ऋण दिने आदि आर्थिक कारोबार गर्ने संस्था हो । बैंक एउटा जोखिमयुक्त ठाउँ हो । त्यसकारण बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न नीति नियम भित्र रहेर कार्यहरु गर्नु पर्दछ ।
जबसम्म हामिले नीति नियम कानुनलाई पालना गरेर अघि बढन सक्दैनौ तबसम्म केहि प्रगति गर्न सक्दैनौ । केहि समयका लागि त हामीले नियम विपरित रहेर पनि संस्था चलाउन सक्छौँ होला, तर दिर्घकालीन समयसम्म का लागि भने सम्भव छैन । त्यसकारण सबै बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले बनाएका नियम तथा नीतिहरु सही रुपमा पालना गरेमा मात्र संस्थाहरु माथि उठ्न सक्छ ।
निक्षेपकर्ता, नियमनकारी निकाय, सरकार तथा सबै सामाजिक कार्यकर्ताहरु बैंकका सरोकारवाला पक्षहरु हुन् । यी सरोकारवाला पक्षहरुको बीचमा एउटा सु—सम्पन्न कार्य गर्न कठिन हुन्छ । यी सरोकारवाला पक्षहरुकै बीचमा स्वार्थ बाँधिएको हुन्छ । यसरी हेर्दा बैंकिङ कार्य गर्न सजिलो छैन ।
यही सिद्धान्तलाई आधार मानेर विभिन्न नीति तथा नियमहरु बनेका छन् । त्यसकारण यी नीति तथा नियमहरुलाई सही रुपमा पालना गरी बैंक तथा वित्तीय संस्थाहरुले सरोकारवाला पक्षहरुसँग राम्रो सम्बन्ध स्थापित गरेर काम गर्दै आए भने बैंक तथा वित्तीय संस्थाहरुले सही बाटो लिन सक्नेछन् ।
बैंकिङ क्षेत्रमा नैतिकता पालना हुन सकेन भने नीति तथा नियमहरु लागु हुन सक्दैन । बैंकिङ क्षेत्र र सरोकारवाला पक्षहरुको बीचमा राम्रो सम्बन्ध हुँदैन र पारदर्शी हुन सकिँदैन । साथै बैंकिङ क्षेत्रमा दिगो विकासलाई अगाडी बढाउन सकिँदैन । जसले गर्दा नेपालको अर्थतन्त्रमा नै ह्रास आउन सक्छ । त्यसकारण सबै सरोकारवाला पक्षहरुले नीति नियम र नैतिकतालाई बिषेश ध्यान राखेर काम गर्नुपर्छ ।
बैंकिङ् नैतिकताभित्र रहेर गर्नुहुने तथा गर्न नहुने कामहरु धेरै छन् ।
गर्नुहुने कामहरु यसप्रकार छन्:
- कानुन तथा नीति नियमलाई पुर्ण रुपमा पालना गर्नुपर्छ ।
- प्रभावकारी जोखिम व्यवस्थापन प्रणालीलाई अपनाउनुपर्छ ।
- निक्षेपकर्ताको हक हितको सुरक्षा र न्यायको लागि एउटा प्रतिफल निक्षेपकर्तालाई दिनुपर्छ ।
- कष्ट अफ फण्ड र कर्जा दरको बीच भएको स्प्रेड दरलाई न्युनतम रुपमा कायम गर्नुपर्छ ।
- अशल र पारदर्शी लेखा प्रणलीको अबलम्बन गर्नुपर्छ ।
- प्रभावकारी जोखिम व्यवस्थापन प्रणालीलाई अपनाउनुपर्छ ।
- ग्राहकहरुलाई सभ्य र समान व्यवाहार गर्नुपर्छ ।
- सुचना प्रणलीको उचित रुपमा पालना गर्नुपर्छ ।
- सर्वसाधरण र सेयरधनीको हित संरक्षण गर्नुपर्छ ।
- पदाधिकारी, कार्यकारी, निर्देशक लगायत सम्पुर्ण कर्मचारीहरु बीच उनीहरुले गर्ने काम तथा कर्तव्य स्पष्ट रुपमा जानकारी हुनु पर्दछ ।
गर्न नहुने कामहरुः
1.प्रदुषण बढाउने, बाल श्रमलाई उत्साह हुने, मान मर्यादा हानी गर्ने र सेयर तथा घर जग्गामा उछाल आउने ठाउँमा लगानी गर्न हुँदैन ।
2. आफ्नो संस्थाको इमेजमा आघात पुग्ने खालको कुनै पनि काम गर्न हुँदैन ।
3. अस्वस्थ प्रतिष्पर्धा गर्न हुँदैन ।