मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने

२८ श्रावण २०७८, बिहीबार १७:२७

नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति जारी गर्ने अन्तिम तयारी गरेको छ ।

 

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति साउन २९ गते शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंक स्रोतका अनुसार बिहीबार बसेको व्यवस्थापन समितिले मौद्रिक नीतिको मस्यौदामा अन्तिम छलफल गरेको थियो ।

व्यवस्थापनको बैठकले पास गरेको मस्यौदामा शुक्रबार सञ्चालक समितिले पास गरेपछि दिउँसो ४ बजे नयाँ मौद्रिक नीति सार्वजिनक हुने स्रोतले बिजनेस सरोकारलाई बतायो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *