एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् ।
शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।
बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) घिमिरेलाई सीईओमा नियुक्त गरेको हो ।
बैंकका हालका सीईओ सुनिल केसीको यही फागुन मसान्तमा सकिँदै छ ।उनको कार्यकाल सकिनै अगावै उनलाई नियुक्त गरिएको हो।