
नबिल बैंकको सीईओबाट ढुंगानाको राजीनामा, कामु सीईओको जिम्मेवारी ज्ञवालीलाई
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन्। ढुंगानाले सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेका थिए। सञ्चालक समितिको आज बिहान बसेको बैठकले चैत १० गतेबाट लागू हुने गरी ढुंगानाको राजीनामा स्वीकृत गरेको छ। ढुंगाना नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेका छन्। त्यही भएर उनले नबिल बैंकबाट सीईओ पदबाट राजीनामा दिएको बैंक

एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त
एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो । बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) घिमिरेलाई सीईओमा नियुक्त गरेको हो । बैंकका हालका सीईओ सुनिल केसीको यही फागुन मसान्तमा सकिँदै छ ।उनको कार्यकाल सकिनै

दुई कम्पनीको ४५ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमवार (आज) दुई कम्पनीको कुल ४५ लाख २४ हजार ८२६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४२ लाख ९६ हजार कित्ता र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २ लाख २८ हजार ८२६ कित्ता गरेर कुल ४५ लाख २४ हजार ८२६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक
उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरूले बताएका छन् । शुक्रबारदेखि शुरु भएको एसियाली सुरक्षण संस्था (एसिक)हरूको ३६ औं सम्मेलनको दोस्रो दिन शनिबार वक्ताहरूले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महत्त्वपूर्ण हुने धारणा राखेका हुन् । दोस्रो दिनको उद्घाटन सत्रमा प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार एवम् पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निकै कमले

वित्तीय क्षेत्रमा तरलता छ, ब्याजदर पनि तल झर्योः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय क्षेत्रमा तरलता रहेको र ब्याजदर पनि तल झरेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले बजारमा ऋण प्रवाह बढ्न नसकेको बताएका हुन् । उनले भने, यसलाई वित्तीय असुरक्षाको अवस्था भनिन्छ । लगानी गर्दा स्वाभाविक कारणले नाफा हुन नसक्ने अवस्थाको जोखिम व्यवसायीले लिन्छ । तर अस्वाभाविक र

हिमालयन बैंकको ४ लाख २८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा
हिमालयन बैंक लिमिटेडले ४ लाख २८ हजार ५४० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । बैंकले पाँच जना शेयरधनीहरूको नाममा रहेको यी शेयर आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सकिने गरी बिक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले

वाणिज्य बैंकको नाफा करिब १० प्रतिशतले घट्यो, २८ अर्ब ७६ करोड कमाउँदा कुनको कति ?
पुस मसान्तसम्म वाणिज्य बैंकको नाफा ९.९४ प्रतिशतले घटेको छ । सन्चालनमा रहेका २० वाणिज्य बैंकमा १६ बैंकको नाफा घटेको छ भने ४ वटा बैंकको मात्रै बढेको छ । बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार २० बैंकले २८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रुपैयायाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही

गरिमा विकास बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
गरिमा विकास बैंक लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू.५० करोड २१ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू.५१ करोड २५ लाख पुगेको हो ।

राष्ट्रिय स्तरका विकास बैंकको नाफा १०.९८ प्रतिशत घट्यो, कुनले कति कमाए ?
राष्ट्रिय स्तरका आठ विकास बैंकले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरणअनुसार यी आठ बैंकले कुल रू. २ अर्ब २५ करोड नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको दोस्रोे त्रैमासको तुलनामा १० दशलमव ९८ प्रतिशत घटेको हो । गत आवको दोस्रो त्रैमाससम्ममा यी

गरिमा विकास बैंकले ५० लाख रुपैयाँसम्म कर्जा दिने, २ दिनमै स्वीकृत हुने
गरिमा विकास बैंकले ग्राहकहरुलाई ५० लाख रुपैयाँसम्म कर्जा दिने भएको छ । बैंकले ग्राहकको ‘आफ्नै घर-आफ्नै व्यवसाय’ को सपनालाई साकार पार्ने उद्देश्यसहित उक्त रकमसम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा दिने भएको हो । उक्त कर्जा सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने बैंकले बताएको छ । साथै, गरिमा सरल एसएमर्ई ओभरड्राफ्ट कर्जामा