व्यक्तिगत आवासीय क्षेत्रमा जाने कर्जा सुस्त
व्यक्तिगत आवासीय क्षेत्रमा जाने कर्जा सुस्त नै देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २ महिनाको अवधिमा १ अर्ब २८ करोड रुपैयाँ मात्र प्रवाह भएको छ । वाणिज्य बैंकहरुबाट २०८१ जेठ मसान्तसम्म व्यक्तिगत आवासीय क्षेत्रमा ३ खर्ब १५ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा साउन मसान्तमा आइपुग्दा ३ खर्ब १६ अर्ब ३७ करोड रुपैयाँ
सम्पत्तिभन्दा दायित्व बढी : कसरी उठ्ला सहकारीमा फसेको रकम ?
सहकारी संस्थामा फसेको सर्वसाधारणको बचत फिर्तामा अन्योल देखिएको छ । सहकारीहरूमा सम्पत्तिको तुलनामा दायित्व अधिक रहेको तथा कर्जा प्रवाह र लगानीसमेत असुली हुने अवस्था नभएकाले बचतकर्ताको रकम फिर्ता नहुने अवस्था देखिएको हो । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले पनि आफ्नो प्रतिवेदनमा बचत फिर्ता हुने अवस्था नरहेको औंल्याएको छ
स्टार्टअप उद्यम कर्जा : लक्ष्य ६ सयलाई दिने आवेदन ५ हजारमाथि
सरकारले गत आर्थिक वर्ष (आव) २०८०/८१ देखि कार्यान्वयनमा ल्याएको स्टार्टअप उद्यम कर्जा सञ्चालनसम्बन्धी कार्यक्रममा उद्यमीको आकर्षण बढ्दो देखिएको छ । चालू आव २०८१/८२ को दोस्रो महीनामै स्टार्टअप उद्यम कर्जा कार्यक्रम लागू भएसँगै यस्तो कर्जा लिन ५ हजार २५० उद्यमीले सरकारसमक्ष परियोजना प्रस्ताव पेश गरेका छन् । सरकारले चालू आवमा ६०० जनालाई यस्तो कर्जा दिने लक्ष्य
धितो मूल्यांकन प्रक्रियालाई व्यवस्थित गर्न आवश्यक
नेपालभर छरिएर रहेका विभिन्न सरकारी, अर्धसरकारी, निजी र आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा व्यक्ति वा फर्ममार्फत चल–अचल सम्पत्तिको धितो मूल्यांकन प्रक्रियालाई व्यवस्थित गरिनुपर्नेमा जोड दिइएको छ। नेपाल भ्यालुयर्स एसोएिसनको छैटौँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नेक्रममा यस क्षेत्रमा आबद्ध इन्जिनियरहरूले यस विषयमा जोड दिएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद सकलदेव सुतियारले पेसागत ज्ञान लिएर
गरिमा क्यापिटलले ल्यायाे “बम्पर दशैँ तिहार अफर”
‘हरेक नेपाली शेयरधनी’ भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरुको महान चाड बडा दशैँ, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेड(GCL)ले ‘बम्पर दशैँ तिहार अफर’ संचालनमा ल्याएको छ । गरिमा क्यापिटलले बडा दशैँ, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे नेपाली दाजुभाई तथा दिदी बहिनीहरूका लागि २०८१ साल असोज
वित्तीय क्षेत्रमा तरलता छ, ब्याजदर पनि तल झर्योः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय क्षेत्रमा तरलता रहेको र ब्याजदर पनि तल झरेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले बजारमा ऋण प्रवाह बढ्न नसकेको बताएका हुन् । उनले भने, यसलाई वित्तीय असुरक्षाको अवस्था भनिन्छ । लगानी गर्दा स्वाभाविक कारणले नाफा हुन नसक्ने अवस्थाको जोखिम व्यवसायीले लिन्छ । तर अस्वाभाविक र
भदौमा घट्यो विदेशी लगानी प्रतिबद्धता
चालू आर्थिक वर्ष (आव) २०८१/८२ को दोस्रो महीना भदौमा नेपालले प्राप्त गर्ने प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धतामा कमी आएको छ । चालू आवको साउनको तुलनामा भदौमा प्रतिबद्धता गरिएको एफडीआई ५ अर्ब ३२ करोड १ लाख रुपैयाँले कम हो । विभागले मंगलवार सार्वजनिक गरेको तथ्यांकअनुसार भदौमा नेपालले कुल ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ बराबरको
माण्डु हाइड्रोपावर र दुई म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
माण्डु हाइड्रोपावर र आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । माण्डु हाइड्रोपावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र म्युचुअल फण्डहरूले लाभांश वितरण प्रयोजनार्थ भोलि (भदौ ३१ गते) बुकक्लोज गर्दैछन् । सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम माण्डु हाइड्रोपावरका शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन
शून्य भन्सार शुल्कले नेपालबाट निकासी बढ्ने, गैरभन्सार अवरोध हटाइनुपर्ने : उद्योगी
भारतले अर्धप्रशोधित र प्रशोधित खानेतेल आयातमा भन्सार शुल्क बढाएपछि नेपालबाट प्रशोधित खानेतेल भारत निर्यात सहज हुने देखिएको उद्यमीहरूले बताएका छन् । भारतले शुक्रवारदेखि लागू हुने गरी ती तेलको आयातमा सीमा शुल्क बढाएको हो । तर, नेपालबाट जाने प्रशोधित तेलमा भन्सार नलाग्ने हुँदा यहाँको निर्यात बढ्ने उद्यमीहरूको अपेक्षा छ । भारतले अर्धप्रशोधित पाम, सोयाबिन र सूर्यमुखी तेलको
विदेशी पुर्नबीमा कम्पनी र ब्रोकर नेपालमा व्यवसाय गर्न इच्छुक
नेपाली बीमा कम्पनीसँग पुर्नबीमा व्यवसाय गर्न इच्छुक १९ विदेशी पुर्नबीमा कम्पनी र ब्रोकरलाई नेपाल बीमा प्राधिकरणले सुचीकृत गरेको छ । चालु आर्थिक बर्ष २०८१/८२ का लागि सुचीकृत गरिएको प्राधिकरणका उप निर्देशक राजेन्द्र महर्जनले बताए । सुचीकृतमध्ये १० विदेशी पुर्नबीमा ब्रोकर छन् भने नौ विदेशी पुर्नबीमा कम्पनी छन् । सुचीकृत कम्पनीहरुले नेपाली बीमा कम्पनीसँग पुर्नबीमाको लागि