
सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि संशोधन गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालको संयोजकत्वमा गठित कार्यदलको सुझाव अनुसार कार्यविधि संशोधन गर्न लागेको हो। कार्यविधि संशोधनको मस्यौदा गभर्नर महाप्रसाद अधिकारीकहाँ पेस गरिसकेको कार्यदलले जनाएको छ । अहिले कार्यान्वयनमा रहेको कार्यविधि २०६८ सालमा बनाइएको हो। व्यापारीहरुले अहिलेसम्म सुनचाँदी

आज मन्त्रिपरिषद बैठक बस्दै, आईजीपी नियुक्ति गर्ने सम्भावना
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको बैठकले नेपाल प्रहरीमा आज रातिबाट रिक्त हुने प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने सम्भावना रहेको छ । नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाउँदैछन् ।

एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त
एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो । बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) घिमिरेलाई सीईओमा नियुक्त गरेको हो । बैंकका हालका सीईओ सुनिल केसीको यही फागुन मसान्तमा सकिँदै छ ।उनको कार्यकाल सकिनै

दराज नेपालको ३.३ मार्च म्याडनेस क्याम्पेन : अनलाइन किनमेलमा शानदार बचतको अवसर
नेपालकै अग्रणी अनलाइन शपिङ प्लेटफर्म, दराज नेपालले बहुप्रतीक्षित ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ। यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले ६० प्रतिशत सम्मको छुट, निःशुल्क डेलिभरी, तथा ५० लाख रुपैयाँ बराबरका भाउचरहरू प्राप्त गर्न सक्नेछन्। फागुन १९ देखि फागुन २३ सम्म सञ्चालन हुने यस क्याम्पेनले नेपाली ग्राहकहरूलाई अनलाइन किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।

गरिमा विकास बैंक ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित
गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रको एक प्रतिष्ठित एवार्डबाट सम्मानित भएको छ । एवार्ड फर कर्पोरेट एक्सलेन्सी २०२४ को चौथो संस्करणअन्तर्गत आयोजित ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट बैंक सम्मानि भएको हो । मानव व्यवस्थापनतर्फ उत्कृष्ट कार्य गरेबापत बैंकलाई ‘विकास बैंक, क्षेत्रीय बैंक र वित्त कम्पनीमा कर्पोरेट उत्कृष्टता २०२४’ एवार्डबाट सम्मानित गरिएको हो ।

स्टार्टअप उद्यम कर्जा : लक्ष्य ६ सयलाई दिने आवेदन ५ हजारमाथि
सरकारले गत आर्थिक वर्ष (आव) २०८०/८१ देखि कार्यान्वयनमा ल्याएको स्टार्टअप उद्यम कर्जा सञ्चालनसम्बन्धी कार्यक्रममा उद्यमीको आकर्षण बढ्दो देखिएको छ । चालू आव २०८१/८२ को दोस्रो महीनामै स्टार्टअप उद्यम कर्जा कार्यक्रम लागू भएसँगै यस्तो कर्जा लिन ५ हजार २५० उद्यमीले सरकारसमक्ष परियोजना प्रस्ताव पेश गरेका छन् । सरकारले चालू आवमा ६०० जनालाई यस्तो कर्जा दिने लक्ष्य

धितो मूल्यांकन प्रक्रियालाई व्यवस्थित गर्न आवश्यक
नेपालभर छरिएर रहेका विभिन्न सरकारी, अर्धसरकारी, निजी र आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा व्यक्ति वा फर्ममार्फत चल–अचल सम्पत्तिको धितो मूल्यांकन प्रक्रियालाई व्यवस्थित गरिनुपर्नेमा जोड दिइएको छ। नेपाल भ्यालुयर्स एसोएिसनको छैटौँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नेक्रममा यस क्षेत्रमा आबद्ध इन्जिनियरहरूले यस विषयमा जोड दिएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद सकलदेव सुतियारले पेसागत ज्ञान लिएर

२० मिटर जग्गा हदबन्दीको मुद्दा थप पेचिलो बन्दै, सर्वोच्चको आदेशमा जनमत विभाजित
काठमाडौं उपत्यका भित्रका नदी तथा खोला किनारामा हाल कायम २० मिटरको हदबन्दीमा थप २० मिटर छोडेर मात्रै घर तथा संरचनाहरु निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको आदेश यतिबेला थप पेचिलो बन्दै गएको छ । तीब्र बहसको विषय बनेको यो विषयले सडकदेखि सदनसम्म तातेको छ । सर्वोच्चको आदेश कार्यान्वयन भए काठमाडौंका दुई लाख घडेरीहरु प्रभावित हुने र लाखौं

प्रधानमन्त्रीमा ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च पुगे कानुन व्यवसायी
प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ता रिट दायर गर्न सर्वोच्च पुगेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । यसअघि संविधानको धारा ७६ (२)