डलरको भाउमा निरन्तर गिरावट, यस्तो छ आजको बजार भाउ
१२ भाद्र २०७८, शनिबार ०५:३५
१२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (भदौ १२ गते, अगस्त २८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ६० पैसा र विक्रिदर ११८ रुपैयाँ २० पैसा रहेको छ । डलरको भाउ आज पनि ८५ पैसाले घटेको छ । यो साताको सुरुवातदेखि अन्त्य सम्म डलरको भाउमा निरन्तर गिरावट आएको छ ।
त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ २७ पैसा र विक्रिदर १३८ रुपैयाँ ९७ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ २१ पैसाले बढेको छ ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ २९ पैसा र विक्रिदर १६२ रुपैयाँ १२ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ पनि १ रुपैयाँ ४५ पैसाले घटेको छ ।