Banking Khabar
अर्थतन्त्र

माथिल्लो तामाकोसीको खुद घाटा ७३% ले घट्यो

August 15, 2021
सेयर:

साउन ३१, काठमाडौं । गत आर्थिक बर्षको वासलतमा सुरु देखिकै कमाई नदेखाएको कारणले माथिल्लो तामाकोशी भारी घाटामा गएको देखिएको थियो । आइतबार कम्पनीले यस बर्षको आर्थिक विवरण सार्बजानिक गर्दै खुद घाटा गत बर्ष भन्दा ७३ प्रतिशतले घटेको जानकारी दिएको छ ।

अघिल्लो वर्ष १५ करोड ४० लाख रुपैयाँ घाटामा गएको कम्पनीले त्यसलाई ७३ प्रतिशतले घटाएर ४ करोड १६ लाख रुपैयाँमा झारेको छ।

कम्पनीमा नेपाल विद्युत प्राधिकरणमार्फत सरकारको १३ अर्ब रुपैयाँ दीर्घकालीन ऋण छ। यसबाहेक नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बीमा संस्थानको १४ अर्ब रुपैयाँ दीर्घकालीन ऋण छ। साथै प्राधिकरणको २ करोड रुपैयाँ अल्पकालीन ऋण छ ।

कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गरिसकेको छ। अहिले यसको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ। प्रति सेयर नेटवर्थ ९२ रुपैयाँ छ।