शनिबार पनि आरटीजीएस प्रणाली सुचारू रहने

बैंकिङ BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

१५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणाली भोलि शनिबार ९असोज १६ गते० पनि सुचारु रहने भएको छ।

राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८६ ‘क’ को
ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकका अनुसार भोलि आरटीजीएस प्रणाली बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहनेछ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp