Banking Khabar
Heading1

सेयर बजारमा निरन्तर पहिरो, कारोबारको दुई घण्टामै ८७ अंकको गिरावट

October 19, 2021
सेयर:

काठमाडौं–  साताको तेस्रो कारोबार दिन मंगलवार कारोबार सुरु भएलगत्तै सेयर बजार ठूलो अंकले घटेकोे छ।प्रि ओपन सेसनमा सामान्य बढेको नेप्से कारोबार शुरु भएदेखि नै घटेको थियो। अपरान्ह १ बजेसम्ममा ८८ दशमलव ०५ अंकले घटेको छ।

उक्त अवधिसम्ममा १७७ कम्पनीको सेयरमूल्य घटेको छ भने आठ कम्पनीको सेयरमूल्य बढेको छ। उक्त अवधिसम्ममा कुल १ अर्ब ७० करोड रुपैयाँको सेयर खरीदविक्री भएको छ।कारोबारमा आएका सबै समूह राताम्मे भएका छन्। अघिल्लो कारोबार दिन सोमबार पनि बजार  ६९ अंकले घटेर बजार भएको थियो।