नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
३ भदौ, काठमाडौं । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले नबिल बैंक मार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्सट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट एक्सेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुबिधाहरु उपभोग गर्न सक्नेछन ।
साथै,यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्नेछन् । साथै यस सम्झौता पश्चात दुइ बैंक बीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, बिदेशी मुद्रा सम्बन्धि अन्य कारोबार समेत अगाडी बढाउने लक्ष्य राखिएको छ ।
सम्बन्धित खबर
थाहा पाउनुहोस् बैंकहरूले मुद्दतीमा तोकेको नयाँ ब्याजदर कुनको कति पुग्यो ? (सूचिसहित)
१९ मंसिर २०८२, बिहीबार
नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल नियुक्त
१९ मंसिर २०८२, बिहीबार
नेपाल बैंकको सञ्चालकमा शाक्य नियुक्त, शुक्रबार गरे शपथग्रहण
१९ मंसिर २०८२, बिहीबार
