नेपाल आइडल’का निर्णायक परिवर्तन, नयाँ निर्णायकमा गायक शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान
कला र साहित्य
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
४ भदौ, काठमाडौं । गायन रियालिटी सो नेपाल आइडल चौंथो सिजनका लागि निर्णायक परिवर्तन गरेको छ । शम्भुजित बास्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान निर्णायकमा चयन भएका छन् ।
पहिलो सिजनदेखि तेस्रो सिजनसम्म न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक रहेकोमा यो सिजनबाट नयाँ निर्णायक चयन गरिएको हो। शोको होस्ट आशिफ साहले गर्नेछन् भने उनको को–होस्टमा टीकटक स्टार तथा मोडेल रेश्मा घिमिरे रहने जनाइएको छ ।
यस्तै, आइडलको डिजिटल अडिसन शुरु भएको छ। भदौ १ बाट डिजिटल अडिसन शुरु भएको हो। भदौ ३१ गतेसम्म अडिसन दिन सकिने जनाइएको छ। अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’ मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ ।
सम्बन्धित खबर
‘साइलेन्ट कमेडी’ चलचित्रमा काम गर्ने इच्छा छ : कलाकार घिमिरे
२७ मंसिर २०८२, शुक्रबार
आज दर खाने दिन: दरमा के खाने के नखाने ?
२७ मंसिर २०८२, शुक्रबार
पलसँगको सम्बन्धको विषयमा यस्तो छ समीक्षाको स्पष्टीकरण
२७ मंसिर २०८२, शुक्रबार
