पुनः बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

अर्थतन्त्र BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

११ भदौ, काठमाडौं । आज शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो विहिबारको तुलनामा आज सुनको मूल्य तोलामा ५०० ले बढेको हो ।

जसअनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ६०० र तेजाबी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ । हिजो विहिबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार १०० र तेजाबी सुनको मूल्य ९० हजार ६०० रुपैयाँ थियो ।

यसैगरी, महासंघले आज सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने १० रुपैँयाले घटेको जानकारी दिएको छ । आज चाँदीको मूल्य प्रतितोला १२०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp