ग्लोबल आइएमई बैंकले गर्यो तीज क्यासब्याक योजना सार्वजनिक
काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एवम् डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिने उद्देश्यले बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।
क्यासब्याक योजनाअन्तर्गत भाद्र २१ र कुशे औँसीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा “GIFT TO FATHER” लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत(३०० रुपैयाँसम्म)क्यासब्याक पाइने छ ।
यसैगरी भाद्र २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट/क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत (५०० रुपैयाँसम्म) क्यासब्याक फिर्ता पाइने छ ।
क्यासब्याक योजनालाई तीज विशेष बनाउन बैंकले महिलाहरुलाई ग्राह्यता दिने भएको छ । ग्लोबल आइएमई बैंकमा “नारी बचत” तथा “नारी शक्ति बचत” खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी पीओएस ईसीओएममार्फत ३,००० रुपैयाँ वा त्याे भन्दा बढीको भुक्तानीमा ३०० रुपैयाँ क्यासब्याक फिर्ता पाउने भएका छन् ।
महिला ग्राहकलाई लक्षित यो योजना भाद्र १६ देखि ३१ गते सम्म चल्ने बैंकले जनाएकाे छ। आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।
सम्बन्धित खबर
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३ करोड नाघ्यो, वितरणयोग्य नाफा तीन गुणाले वृद्धि
१९ मंसिर २०८२, बिहीबार
चितवन–२ : रवि लामिछानेको जित निश्चित, हार स्वीकार गरी कांग्रेसका जितनारायणले दिए बधाई
१९ मंसिर २०८२, बिहीबार
राष्ट्र बैंकद्वारा दुई बैंकलाई कारवाही
१९ मंसिर २०८२, बिहीबार
