फोन-पे मार्फत कारोबार गर्ने झापाका उज्ज्वलले पाए कार उपहार

Heading3 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं – अनलाइन भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ उपहार योजनामा झापाको बिर्तामोडका उज्जवल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन कार जितेका छन्।

उनलाई एक कार्यक्रमबीच फोन पेका प्रमुख कार्यकारी अधिकृत अद्वैत तुलाधर‚  नबिल बैंकका चिफ मार्केटिङ अफिसर कविन्द्रप्रसाद श्रेष्ठ र फोन पेका ब्राण्ड एम्बेस्डर सन्दिप क्षेत्रीले गाडी हस्तान्तरण गरेका छन्। अधिकारी नविल बैंकका ग्राहक हुन्।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको यो योजना गत फागुन २३ देखि असार मसान्तसम्म सञ्चालन भएको थियो। यस योजनामा नेपालभरिका कुनै पनि बैंकको आफ्नो मोबाइल बैंकिङ एपमार्फत अन्य बैंकमा पैसा पठाउने ग्राहक सहभागी भएका थिए।

फोन पे डाइरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ। जसबाट बिना बैंक खाता नम्बर, केवल पैसा पाउने व्यक्तिको मोबाइल नम्बर हालेर पैसा तुरुन्तै अर्को बैंक खातामा पठाउन सकिन्छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp