सामाजिक सुरक्षा भत्ता ओली सरकारले बढाएको नै लागू हुने

Heading1 BusinessSarokar | २५ पुष २०८२, बिहीबार

काठमाडौँ – यसअघि केपी ओली नेतृत्वको सरकारले बढाएको सामाजिक सुरक्षा भत्ता लागू गर्ने मन्त्रिपरिषद बैठकले  निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  यसअघिको बजेटमार्फत बढाइएको सामाजिक सुरक्षाभत्ता लागू गर्ने निर्णय भएको बताए।

अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी सुरू भइरहेका बेला यसअघि घोषित बजेटअनुसार ३३ प्रतिशतले बढेको सामाजिक सुरक्षा भत्तालाई कायम गर्ने निर्णय भएको हो।

जेष्ठ नागरिक दलित, एकल महिला, ७० वर्ष माथिका जेष्ठ नागरिक, तोकिएका क्षेत्रका जेष्ठ नागरिक, विधवा,अपांगता क र ख वर्ग,लोपोन्मुख जाति र वाल पोषणको रुपमा भत्ता दिइन्छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp