सिद्धार्थ बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण
१७ भदौँ, काठमाडौं । सिद्धार्थ बैंकले ललितपुरको मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर र १ थान प्रिन्टर सेट हस्तान्तरण गरेको छ।
उक्त कम्प्युटर सेटहरुको सहयोग, बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रदीप पन्तले ती कम्प्युटर र प्रिन्टर विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई हस्तान्तरण गरेका हुन्।
बालिकाहरुको शिक्षामा केन्द्रित भइ स्थापना भएको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयले प्रदान गर्दै आइरहेको शिक्षा प्रणालीलाई अझ बढी गुणस्तरीय र प्रविधिमैत्री बनाउनलाई बैंकले उक्त कम्प्युटर सेटहरु विद्यालयलाई आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।
यस अभियान अन्तगत यस विद्यालयका लगभग ३०० विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको अवसर पु¥याउने र सार्वजनिक शिक्षा प्रणाली अझै सबल र सुदृढ हुने विश्वास बैंकले लिएको छ ।
सम्बन्धित खबर
ऋण लिन ब्याजदर कहाँ सस्तो ? यस्तो छ बैंकहरुको आधार दरको अवस्था
१९ मंसिर २०८२, बिहीबार
प्रभु बैंकका सीईओ शेरचनको कार्यकाल वैशाखसम्म
१९ मंसिर २०८२, बिहीबार
जग्गा धितोमा रोक नलगाउन सर्वोच्चको आदेश, अब धितो राखेर ऋण लिने बाटो खुल्यो
१९ मंसिर २०८२, बिहीबार
