Banking Khabar
अर्थतन्त्र

समाज र स्वस्तिक लघुवित्तको मर्जर प्रस्ताव बहुमतबाट भाँडियो, अब मर्ज नहुने

September 2, 2021
सेयर:

१७ भदौँ, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच हुने भनिएको मर्जर खारेज भएको छ ।

मर्जरपश्चात बन्ने संस्थाको केन्द्रीय कार्यालय सैद्धान्तिक सहमतिमा उल्लेख भए अनुसार बर्दीबास महोत्तरी नभई साविकको स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय लाहानमा राख्ने भएकोले स्वस्तिक लघुवित्तसँग मर्जर गर्न नसकिने लघुवित्तले जनाएको छ।

समाज लघुवित्तले पहिलोपटक मर्जर प्रस्ताव पारित गर्न असार १० गते साधारणसभा बोलाए पनि गुणपुरक सँख्या नपुगेको कारण उक्त सभा स्थगित भएको थियो। सो पश्चात दोस्रो पटक आह्वान गरिको सभाले मर्जर स्थगित गर्ने निर्णय गरेको होे।

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

6130a1c2881cb.jpg