डलरको विनिमयदर फेरि बढ्न थाल्यो

२ माघ २०७८, आईतवार ०५:३९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आइतबारका लागि अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि हुन थालेको छ । आइतबारका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुप्रयाँ ३५ रुपैयाँ र विक्रीदर ११८ रुपैउाँ ९५ रुपैयाँ रहेको छ ।

शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ रहेको थियो । गत जुन महिनामा एक अमेरिकी डलर बराबर ११६ रुपैयाँ ६२ पैसा खरिददर र ११७ रुपैयाँ २२ पैसा विक्रीदर रहेको थियो । विहीबार लागि खरिददर ११७ रुपैयाँ ९२ पैसा र विक्री दर ११८ रुपैयाँ ५२ पैसा रहेको थियो ।

युरोपेली मुद्रा यूरो एकको खरिददर १३५ रुपैयाँ ६१ पैसा र विक्रीदर १३६ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै, अस्टेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०६ पैसा र विक्री दर ८६ रुपैयाँ ४९ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५४ पैसा र विक्रीदर ३१ रुपैयाँ ७० पैसा रहेको छ । जापानीज ऐन १० को खरिददर १० रुपैयाँ ३९ पैसा र विक्रीदर १० रुपैयाँ ४४ पैसा रहेको छ ।

कुबेती मुद्रा एकको खरिददार ३९१ रुपैयाँ ९७ पैसा र विक्रीदर ३९३ रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै बहराइन दिनार बिहीबारका लागि एकको खरिददार ३१३ रुपैयाँ ९१ पैसा र विक्रीदर ३१५ रुपैयाँ ५० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *