संखुवासभामा एकै घरका ६ जनाको हत्या
संखुवासभा- संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ । सोमबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।
मंगलबार विहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षीय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए ।
घटनाको थप विवरण आइसकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीको टोली घटनास्थल मादीतर्फ लागेको छ ।
सम्बन्धित खबर
राष्ट्रपतिको कदमबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक
१९ मंसिर २०८२, बिहीबार
माछापुच्छ्रे बैंकले ल्यायो बम्पर अफर, बिभिन्न सामाग्री किन्दा दैनिक उपहार पनि पाइने
१९ मंसिर २०८२, बिहीबार
किसानलाई धान काट्न भ्याइनभ्याई
१९ मंसिर २०८२, बिहीबार
