सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु
काठमाडौँ – नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सिजी होल्डिङको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले दशैं तिहारका लागि ‘सुजुकी पर्वोत्सव अफर’ योजना सार्वजनिक गरेको छ।
यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख पचास हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, बीस हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्रयाच कार्ड मार्फत पचहत्तर हजारसम्म अतिरिक्त छुट पाउनेछन्। साथै क्लियरन्स मोडेलमा विशेष छुटको व्यवस्था समेत रहेको कम्पनीले बताएको छ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुनेछ। सुजुकीका विभिन्न मोडेलका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुने कम्पनीले बताएको छ।
सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, इग्निस्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्री गर्दै आएको छ।
सम्बन्धित खबर
मेघा बैंंक र कास्की महिला उद्यमीबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्म्झौता
१९ मंसिर २०८२, बिहीबार
टेलिकमले ल्यायो रिचार्ज बराबरकै बोनस योजना
१९ मंसिर २०८२, बिहीबार
पहिरोका कारण काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा ठप्प
१९ मंसिर २०८२, बिहीबार
