घर-जग्गा किन्दै हुनुहुन्छ ? थाहा पाउनुहोस कुन बैंकले कति लिन्छन् ब्याजदर ?
काठमाडौं – नेपालमा २७ वटा वाणिज्य बैंकहरू छन् । उक्त बैंकहरूले आफ्नो ग्राहकलाई बैंकले घरजग्गा कर्जामा तोकेअनुसार ब्याजदर लिने गर्दछ ।
कुन वाणिज्य बैंकको कति ब्याजदर ?
बैंक अफ काठमाण्डूः बैंकले हाउजिङ लोनका लागि न्यूनतम ६.५६ प्रतिशतदेखि ११.५६ प्रतिशतसम्म तोकेको छ । बैंकले १५ वर्षे अवधिसम्मको घर कर्जामा ११.९८ प्रतिशत र १५ वर्षभन्दा माथिको अवधिको घर कर्जामा १२.९८ प्रतिशत तोकेको छ ।
सेञ्चुरी बैंकः सेञ्चुरी बैंकले ५ वर्षे अवधिको घर कर्जामा ७.८० देखि ११.८० प्रतिशत ब्याजदर, १० वर्षसम्मको अवधिका लागि ७.८० देखि १२.३० प्रतिशत र १५ वर्षे अवधिको कर्जामा ७.८० देखि १२.८० प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले फिक्स्ड ब्याजदरमा ५ वर्षका लागि ११.४९ प्रतिशत, १० वषे अवधिका लागि ११.९९ प्रतिशत तोकेको छ ।
सिटिजन बैंक: बैंकले घर कर्जामा ७.८० देखि १२.५५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले फिक्स्ड ब्याजदरमा ५ वर्षेका अवधिका लागि १०.५० प्रतिशत, १० वर्षे अवधिका लागि ११ प्रतिशत र १५ वर्ष अवधिका लागि १२ प्रतिशत ब्याजदर तोकेको छ ।
सिभिल बैंक: सिभिल बैंकले सिभिल होम र होम लोन दिँदै आएको छ । बैंकले ५ वर्षे अवधिको कर्जामा ७.८३ प्रतिशतदेखि ८.८३ प्रतिशत, १० वर्षको अवधिका लागि ७.८३ प्रतिशतदेखि ९.८३ प्रतिशत र १५ वर्षे अवधिका लागि ७.८३ प्रतिशतदेखि १०.३३ प्रतिशत ब्याजदर तोकेको छ ।
एभरेष्ट बैंक: एभरेष्ट बैंकले घरजग्गा कर्जामा करिब १ करोडसम्म ऋण लिई मासिक रुपमा भुक्तानी गर्नेलाई ७.९९ प्रतिशतदेखि १०.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । सो बैंकले १ करोड रुपैयाँभन्दा बढी कर्जा लिनेलाई ८.४९ प्रतिशतदेखि १०.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ भने ७ वर्षसम्म फिक्स्ड ब्याजदरमा ९.९९ प्रतिशत तोकेको छ । साथै फिक्स्ड ब्याजदरतर्फ एक करोडभन्दा बढीको घरजग्गा कर्जा लिनेलाई१०.४९ प्रतिशत तोकेको छ ।
ग्लोबल आईएमई बैंक: ग्लोबल आईएमई बैंकले न्यूनतम ७.६० प्रतिशतदेखि १२.६० प्रतिशसम्म घर कर्जामा ब्यादजर निर्धारण गरेको छ ।
बैंकले फिक्स्ड ब्याजदरतर्फ ५ वर्र्ष अवधिको कर्जामा १०.१९ देखि ११.१९ प्रतिशत, १० वर्षको लागि ११.२० देखि १३.१९ प्रतिशत ब्याजदर तोकेको छ ।
हिमालयन बैंक: हिमालयन बैंकले १० वर्षे अवधिको घर कर्जामा ६.७५ प्रतिशतदेखि ११.७५ प्रतिशत ब्याजदर तोकेको छ । साथै, ७ वर्र्ष अवधिको फिक्स्ड ब्याजदरमा ९.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
कृषि विकास बैंक: कृषि विकास बैंकले घर कर्जा र जग्गा कर्जाको छुट्टाछुट्टै ब्याजदर तोकेको छ । बैंकले घर कर्जामा ७.१३ प्रतिशतदेखि १२.१३ प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यसमा बैंकले घर किन्न, जग्गा किन्न र कम्प्लेक्स किन्नका लागि ७.१३ देखि १२.१३ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले फिक्स्ड ब्याजदरमा ५ वर्ष अवधिलाई ८.५० प्रतिशत, जग्गा किन्नेका लागि ८.६५ प्रतिशत र घर कर्जाको लागि ९ देखि ९.५० प्रतिशतसम्म तोकेको छ ।
कुमारी बैंक: कुमारी बैंकले घर कर्जामा ७.९० प्रतिशतदेखि १४.९० प्रतिशतसम्म ब्यादजर तोकेको छ ।
लक्ष्मी बैंकः लक्ष्मी बैंकले घरजग्गा कर्जा, साना व्यवसायी कर्जामा ७.३५ प्रतिशतदेखि १२.३५ प्रतिशत तोकेको छ ।
माछापुच्छ्रे बैंकः माछापुच्छ्रे बैंकले घरजग्गा कर्जामा ७.३५ देखि १४.२६ प्रतिशत तोकेको छ । बैंकले फिक्स्ड ब्याजदर ५ वर्ष अवधिसम्म किस्ता भुक्तानी गर्नेलाई ९.८९ प्रतिशत, १० वर्षको अवधिलाई १०.८९ प्रतिशत र मासिक किस्ता भुक्तानी गर्नेलाई ११.८९ प्रतिशत तोकेको छ ।
मेगा बैंक: मेगा बैंकले हाउजिङ लोन मात्रै दिँदै आएको छ । सो बैंकले ७.६१ प्रतिशतदेखि १४.६१ प्रतिशतसम्म तोकेको गरेको छ ।
नबिल बैंक: नबिल बैंकले हाउजिङ लोनमा ५.८६ प्रतिशतदेखि १२.८६ प्रतिशतसम्म तोकेको छ । त्यसैगरी बैंकले फिक्स्ड ब्याजदरमा ५ वर्षको अवधिसम्मको लागि ८.४९ प्रतिशत, १० वर्ष अवधिलाई १०.५० प्रतिशत र १५ वर्षको अवधिलाई ११ प्रतिशत ब्याजदर लिइरहेका छन् ।
एनबी बैंक: नेपाल बंगलादेश बैंकले हाउजिङ लोनमार्फत् ७.९१ प्रतिशतदेखि १२.४१ प्रतिशत ब्यादजर तोकेको छ । बैंकले ५ वर्षको फिक्स्ड ब्याजदरमा ९.९९ प्रतिशत, १० वर्षको अवधिलाई १०.९९ प्रतिशत र २० वर्षको अवधिलाई ११.४९ प्रतिशत तोकेको छ ।
एनसीसी बैंक: एनसीसी बैंकले होम लोनमार्फत् ७.५७ प्रतिशतदेखि १२.५७ प्रतिशतसम्म ब्याजदर तोकेको छ । उक्त बैंकले अन्य घर कर्जामा ५ वर्ष अवधिको फिक्स्ड ब्याजदरमा ९.५८ प्रतिशत, १० वर्ष अवधिको अवधिमा किस्ता भुक्तानी गर्नेलाई ७.२३ र बिना अवधि मासिक किस्ता भुक्तानी गर्नेलाई १० प्रतिशत तोकेको छ ।
नेपाल बैंक: नेपाल बैंकले घरजग्गा कर्जामा विभिन्न विधामा कर्जा दिँदै आएको देखिन्छ । बैंकले शुलभ आवास कर्जा शीर्षकमा ५ वर्षको अवधिलाई ६.९८ प्रतिशत र १० वर्षको अवधिलाई ७.२३ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले होम लोनमा ५ वर्ष अवधिको, प्राफेसनल होम लोन र नेपाल लक्ष्मी होम लोनमा ७.२८ प्रतिशतदेखि ७.८९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यसैगरी १५ वर्ष अवधिको शुलभ आवास कर्जामा ७.७३ प्रतिशत, १० वर्ष अवधिको होम लोनमा ७.९२ देखि ८.५३ प्रतिशत, २० वर्र्ष अवधिको शुलभ आवास कर्जामा ७.९८ र घडेरी कर्जामा ८.७३ प्रतिशत ब्याजदर तोकेको छ ।
बैंकले १५ वर्ष अवधिको होम लोनका ग्राहकलाई ८.७८ प्रतिशतदेखि ९.३९ प्रतिशत, रियल स्टेट हाउजिङका ग्राहकलाई ८.९२ देखि ९.५३ प्रतिशत तोकेको छ । साथै फिक्स्ड ब्याजदर होम लोनमा ९.४९ देखि १२.९९ प्रतिशत र घडेरी कर्जामा १०.९९ देखि १२.९९ प्रतिशतसम्म तोकेको छ ।
नेपाल एसबीआई बैंक: नेपाल एसबीआई बैंकले घर कर्जामा ७.३७ देखि १२.३७ प्रतिशतसम्म तोकेको छ । सो बैंकले घर कर्जामा ३ वर्ष अवधिसम्म फिक्स्ड ब्याजदर किस्ता भुक्तानी गर्नेलाई १२.५० प्रतिशत, ५ वर्ष अवधिलाई १३.५० प्रतिशत, १० वर्षको अवधिलाई १४ प्रतिशत र मासिक किस्ता भुक्तानी गर्नेलाई १४.५० प्रतिशत तोकेको छ ।
एनआईबीएल बैंकः नेपाल इन्भेमष्टमेन्ट बैंकले प्राइम हाउजिङ लोनमा ६.२४ देखि ८.७४ प्रतिशत र हाउजिङ लोनमा ६.७४ देखि १०.७४ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले फिक्स्ड ब्याजदर ७ वर्ष अवधिलाई ८.९९ प्रतिशत र १० वर्ष अवधिमा किस्ता भुक्तानी गर्नेलाई ११.५० प्रतिशत तोकेको छ ।
एनआईसी बैंक: एनआई बैंकले होम लोन ओडी, रेसिडेन्टल होम लोन, १५ वर्ष अवधिको होम इक्विडिटी लोन र इजी होम इक्विडिटी लोनमा ६.८४ देखि १२.८४ प्रतिशत ब्याजदर ताकेको छ ।
बैंकले १५ वर्ष अवधिको फिक्स्ड ब्याजदर भुक्तानी गर्नेलाई होम इक्विडिटी लोन, रेसिडेन्टल होम लोन र इजी होम इक्विडिटी लोनमा १२.८२ प्रतिशत तोकेको छ । साथै हाउजिङ लोन र स्ट्रक्चर्ड लो कस्ट हाउजिङमा ७.३३ देखि १२.३३ प्रतिशत ब्याजर तोकेको छ ।
प्रभु बैंक: प्रभु बैंकले २५ वर्ष अवधिको प्रभु होम लोनमा र लो कस्ट हाउजिङमा ६.८८ प्रतिशतदेखि ११.८८ प्रतिशतसम्म तोकेको छ । बैंकले होम लोनमा ५ वर्ष अवधिको फिक्स्ड ब्याजदरमा ९.९९ प्रतिशत र होम लोनमा १०.९९ प्रतिशत कायम गरेको छ ।
प्राइम कमर्सिएल बैंक: प्राइम कमर्सियल बैंकले होम लोन र होम लोन रिपियरमार्फत् ७.२१ देखि १४.२० प्रतिशत तोकेको छ । सो बैंकले २० वर्ष अवधिको फिक्स्ड ब्याजदरमा ११ प्रतिशत तोकको छ ।
राष्ट्रिय वाणिज्य बैंक: राष्ट्रिय वाणिज्य बैंकले ५ वर्षको होमलोन, १० वर्षको महालक्ष्मी होम लोन र १५ वर्षको महालक्ष्मी होम लोनमा ६.९१ देखि ७.७१ प्रतिशत ब्याजदर तोकेको छ । त्यस्तै युओर वन होम लोनमा २० वर्ष अवधिको ब्याजदर ७.१६ प्रतिशत, १० वर्षको होम लोनमा ७.४१ देखि ७.९१ र १५ वर्षको होम लोनमा ७.९१ देखि ८.४१ प्रतिशत तोकेको छ ।
बैंकले फिक्स्ड ब्याजदरमार्फत् ५ वर्षको होम लोनमा ९ प्रतिशत, १० वर्षको होम लोन र महालक्ष्मी होमलोनमा १० प्रतिशत, १५ वर्षको होम लोनमा र महालक्ष्मी होम लोनमा ११ प्रतिशत तोकेको छ ।
सानिमा बैंक: सानिमा बैंकले होम लोन र होम इक्विटी लोनमा ६.३४ देखि ११.३४ प्रतिशत तोकेको छ ।
एससीबी बैंक: स्ट्यान्डर्ड च्यार्टर्ड बैंकले होम लोनमा ७.७६ देखि ९.५१ प्रतिशत तोकेको छ । बैंकले फिक्स्ड ब्याजदरमार्फत् ५ वर्षको होम लोनमा ९.७५ प्रतिशत, ७ वर्षको होम लोनमा १०.२५ प्रतिशत, १० वर्षको होम लोनमा ११.२५ प्रतिशत र मासिक किस्ता भुक्तानी होम लोनमा १२.२५ प्रतिशत तोकेको छ ।
सिद्धार्थ बैंक: सिद्धार्थ बैंकले घर कर्जाका लागि होम लोन, डेढ करोड बढी होम लोन र फिक्स्ड ब्याजदर होम लोनमा ७.१६ देखि १२.१६ प्रतिशत तोकेको छ । फिक्स्ड ब्याजदरमा डेढ करोड बढी रकमको ५ वर्ष अवधिको होम लोनमा ८.२७ प्रतिशत, ५ वर्षको होम लोनमा ८.४९ प्रतिशत, १० वर्षको होम लोनमा ९.७५ प्रतिशत, होम लोनमा र १० वर्षको अवधिको लागि डेढ करोड बढी रकम लोन लिएकालाई ९.९९ प्रतिशत र डेढ करोड बढी रकम लिई किस्ता भुक्तानी गर्नेलाई १०.४९ प्रतिशत तोकेको छ ।
सनराइज बैंक: सनराइज बैंकले घर कर्जाका लागि ६.७० प्रतिशतदेखि १२.७० प्रतिशतसम्म ब्याजदर तोकेको छ । साथै बैंकले फिक्स्ड ब्याजदरतर्फ ५ वर्षे अवधिका लागि १०.५० प्रतिशत, १० वर्षे अवधिका लागि ११ प्रतिशत र १५ वर्षे अवधिका लागि ११.५० प्रतिशत ब्याजदर तोकेको छ ।
सम्बन्धित खबर
साल्ट ट्रेडिङ कर्पोरेशनको २५ प्रतिशत लाभांश प्रस्ताव, कात्तिक २ देखि बुक क्लोज
१९ मंसिर २०८२, बिहीबार
निफ्राले किन्यो नेपाल वेयरहाउजिङ कम्पनीको पाँच लाख कित्ता शेयर
१९ मंसिर २०८२, बिहीबार
२०२२ मा आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
१९ मंसिर २०८२, बिहीबार
