नक्कली नोटको कारोबार गर्ने ५ जना पक्राउ
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं – नक्कली नेपाली नोटको कारोबार गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
भारतमा नोट बनाउने र नेपालमा कारोबार गर्ने काममा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । बाराको निजगढबाट चार जना र रौतहटको चन्द्रनिगाहपुरबाट एक जना नक्कली र सक्कली नोटसहित पक्राउ परेका हुन् ।
रौतहटमा पक्राउ परेका एक जनालाई पनि बारा पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । उनीहरुको साथबाट नेपाली एक हजार दरका नक्कली र सक्कली नोट गरी झण्डै ९३ लाख रुपैयाँ बरामद भएको र यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कलैया बारामा राखिएको छ ।
सम्बन्धित खबर
मुलुककोअर्थतन्त्र सहज बन्दै गइरहेको छ : गभर्नर अधिकारी
१९ मंसिर २०८२, बिहीबार
आइएमई डबलको डबलको डबल अफरका दोस्रो हप्ताका विजेता घोषित
१९ मंसिर २०८२, बिहीबार
चितवनमा प्रदेशस्तरीय पशुपक्षी अस्पताल बनाउने प्रस्ताव
१९ मंसिर २०८२, बिहीबार
