पठाओको दशैं अफर : राइडरले टीभीएस बाइक र सेवाग्राहीले आईफोन जित्न सक्ने
काठमाडौं – राइड सेयरिङ सेवा पठाओ नेपालले दशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरी ‘पठाओ दशैँ महोत्सव’ घोषणा गरेको छ । महोत्सवमा राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका रहेको छ ।
यो २० दिनको महोत्सव अन्तर्गत हरेक हप्ता राइडर, फुडम्यान र क्याप्टेन (ट्याक्सी चालक)ले पहिलो उपहार मोबाइल, दोस्रो उपहार टिभी, तेस्रो उपहार फ्रिज, चौथौं उपहार भ्याकुम क्लिनर र पाचौँ उपहारमा मिक्सर जित्न सकिनेछन् ।
महोत्सवको अन्तिममा ३ हप्ताका विजेताहरूबाट एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत टिभिएस अपाचे आरटीआर १६० २भी प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट तीन पठाओ सेवाग्राहीले आईफोन १२ प्रो मोबाइल जित्ने अवसर प्राप्त गर्नेछन् ।
राइडर, क्याप्टेन र फुडम्यानले उपहार जित्नका लागि धेरैभन्दा धेरै ट्रिप अथवा डेलिभरी गरेको हुनुपर्नेछ । त्यस्तै राइडर र फुडम्यानले पठाओको ‘रुल बुक’ अनिवार्य रुपमा अनुसरण गरेको हुनुपर्नेछ । रुल बुक अनुसरण नगर्ने राइडर अथवा फुडम्यान ‘सस्पेन्ड’ पनि हुनसक्छन् ।
नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा शुरू गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा शुरू गरेको हो।
सम्बन्धित खबर
९ महिनामा थपियो २ खर्ब ३३ अर्ब सार्वजनिक ऋण, यही अवधिमा २ खर्ब साँवा–ब्याज भुक्तानी
१९ मंसिर २०८२, बिहीबार
जीवन विकासको सेयरमा लगातार सर्किट ब्रेकर, एक कित्ताको ३९ सय रुपैयाँ
१९ मंसिर २०८२, बिहीबार
नेपाली सेनामा ४६२ पदका लागि खुल्यो भर्ना, कहिलेसम्म दिन सकिन्छ दरखास्त ?
१९ मंसिर २०८२, बिहीबार
