सेञ्चुरी बैंकले संचालनमा ल्यायो मोबाइल एपमा रेमिट्यान्स सेवा
३१ भदौँ, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले मोबाइल बैकिङ एप सेञ्चुरी पेबाट अनलाइन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ ।
यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिटन्स सेवा)मोबाईल बैकिङ एपमा थप गरिएको छ । यसज सेवा संचालनमा आएसंगैं बैंकका ग्राहकहरुले आन्तरिक विप्रेशण सोझै मोबाईल बैकिङ एपबाट पठाउन सक्नेछन् ।
आन्तरिक रेमिटन्स रकम पठाउँदा मोबाईल बैकिङ एपमा रहेको सेञ्चुरी रेमिट मार्फत सोझै नगदवा बैंकको खातामाजम्मागर्न मिल्ने दुबै सुविधामध्ये एक रोज्न सकिनेछ ।
यसका साथै मोबाईल बैकिङ एपमा रहेको रिसिभ रेमिटान्स प्रयोग गरी आन्तरिक विप्रेशण कार्य गर्न सकिनेछ । साथै यस सुविधा अन्र्तगत ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यलयहरु रदेशका७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेण्ट मार्फत रेमिटन्स रकम संकलन गर्न सक्नेछन् ।
बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै २४वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १६० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
सम्बन्धित खबर
‘कुमारी धनवृद्धि योजना’ ले १ अर्ब २० करोडको फण्ड ल्याउँदै
१९ मंसिर २०८२, बिहीबार
सिटिजन्स बैंकका ग्राहकलाई एभरेष्ट होटेलमा विशेष छुट
१९ मंसिर २०८२, बिहीबार
वाणिज्य बैंकले बोर्डबाट निर्णय गरेर मात्रै निगमको पाँच अर्ब निक्षेप फिर्ता गर्ने
१९ मंसिर २०८२, बिहीबार
