एकै दिन तोलामा १४ सय रुपैयाँले ओर्लियो सुनको भाउ

Heading3 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं– शुक्रबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनको मूल्य एकै दिन १४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८९ हजार १ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ।

त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ८८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तै केही दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि आज तोलामा ३० रुपैयाँले घटेरको छ।

आज चाँदी प्रतितोला  ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी १२ सय रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp