नेपाल सरकारको जनसेवाश्रीबाट रविना विभुषित

Heading1 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौँ – नेपाल मेगा बैंक लिमिटेडकी नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ नेपाल सरकारको जनसेवाश्री (चतुर्थ) बाट विभुषित भएकी छिन् । संविधान दिवसको अवसरमा कुशल बैंकर श्रेष्ठलाई सम्माननिय राष्टपति विद्या देवी भण्डारीले विभुषित प्रदान गर्नुभएको थियो ।

मेगा बैंक स्थापनादेखि उनी त्यहाँ छिन्। नबिल बैंक छाडेर उनी मेगा गएकी थिइन्। ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने रविनाले भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी थिइन्।

रविनाको अध्ययन पनि कलकत्तामै भएको हो। श्रेष्ठ त्यसपछि तत्कालिन ग्रिण्डलेज बैंक (अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंक) मा आइन्। त्यहाँ उनले १३ बर्ष काम गरेकी थिइन्।

चार्टर्ड छोडेर उनी नबिल बैंकमा आइन्। नबिलमा उनले ६ बर्ष सात महिना बिताएकी थिइन्। नबिलपछि खुल्न लागेको मेगा बैंक नेपालमा अनिल शाह ९नबिल बैंकका सिइओ०, अनुपमा खुँञ्जेली ९मेगा बैंककी सिइओ० सँगै गएकी थिइन्।

उनले यो विभुषित सँगसँगै यसभन्दा पहिले अन्तर्राष्ट्रिय संस्थाहरुबाट सम्मान तथा पुरस्कार पनि पाएकी छिन्।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp