ग्लोबल आइएमई बैंकको अत्यन्त जरुरी सूचना !
सूचना
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकको लागि अत्यन्त जरुरी सुचना जारी गरेको छ । बैंकले एसएमएस, ई– बैंकिङ सेवा रजिस्टर गरेको मोबाइल नम्बर एक वर्षयता प्रयोगबिहिन भएका ग्राहकहरुलाई तत्काल बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अद्यावधिक गराउन अनुरोध गरेको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै यदि बैंक रजिस्टर गरेको नम्बर एक वर्षदेखि प्रयोग गरिएको छैन भने आफुलाई पायक पर्ने शाखामा उपस्थित भई तुरुन्त आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न आग्रह गरेको हो । दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको जानकारी गराउंदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेको हो ।
सम्बन्धित खबर
आईपिओ निष्कासनकाे पाइपलाइनमा २६ कम्पनी, कहिले पाउँछन् अनुमति ?
२७ मंसिर २०८२, शुक्रबार
प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर
२७ मंसिर २०८२, शुक्रबार
सरकारी कर्मचारीकाे तलब १५ प्रतिशतले बढ्दा कसकाे कति पुग्याे ?
२७ मंसिर २०८२, शुक्रबार
