कुन बैंकले कति बढाए व्यवसाय भदौ महिनामा ?
Heading1
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
५ असोज, काठमाडौं । बैंकहरुको निक्षेप संकलन भन्दा कर्जा लगानी भदौ महिनामा बढी गरेका छन्। भदौमा बैंकहरुले निक्षेप संकलन ४८ अर्ब रुपैयाँले बढाएका छन् भने कर्जा लगानी १०८ अर्ब रुपैयाँले बढाएका छन्।
वाणिज्य बैंकहरुमध्ये भदौ महिनामा नेपाल बैंकको निक्षेप संकलन सबैभन्दा धेरै १२ अर्ब ५६ करोड रुपैयाँले बढेको छ भने एनआइसि एशिया बैंकको पनि १२ अर्ब १ करोड रुपैयाँले बढेको छ।
यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेप संकलन सबैभन्दा धेरै ५ अर्ब रुपैयाँले घटेको छ भने नेपाल बंगलादेश बैंकको पनि ४ अर्ब रुपैयाँले घटेको छ।
यसैगरी भदौ महिनामा कर्जा लगानीमा भने एनआइसि एशिया बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले भदौ एक महिनामा ९ अर्ब ११ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ भने ग्लोबल आइएमई बैंकले पनि ९ अर्ब ५ करोड रुपैयाँले बर्जा लगानी बढाएको छ।

