सिद्धार्थ बैंकद्वारा जोन्ता क्लबलाई आर्थिक सहयोग

बैंकिङ BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

५ असोज, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कमलादी स्थित जोन्ता क्लब काठमाडौं नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत ४ लाख ९७ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ।

उक्त रकम बैंकका तर्फबाट का।मु। प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले जोन्ता क्लब काठमाण्डौं नेपालका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन् । बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिला विरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतना मूलक भिडियोहरुकोे विकास गर्न प्रयोग गर्नेछ ।

उक्त रकम जोन्ता क्लबले महिला विरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुकोे विकास गर्न प्रयोग बताइएको छ। साथै विभिन्न सामाजिक सञ्जालमा उक्त भिडियोको प्रवद्र्धन गरी हिंसा विरुद्ध आवाज उठाउन प्रोत्साहन गर्ने उद्देश्य जोन्ता क्लबको रहेको छ।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp