न्यादी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं– न्यादी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आईपीओ आज (बुधबार) बाँडफाँट हुँदै छ। न्यादीले भदौ १ गतेदेखि १५ गतेसम्ममा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि १५ लाख र कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता आइपीओ जारी गरेको थियो।

सोही सेयर आज बाँडफाँट गर्न लागिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।  यसमा अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं ३, ६, ७ र ८ का स्थानीयलाई ५ लाख कित्ता र लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानीयलाई १० लाख कित्ता सेयर छुट्याएको थियो।

कम्पनीको आईपीओमा ३८ करोड ६२ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटलका अनुसार १५ हजार ३६८ जनाले ३८ लाख ६२ हजार ४४८ कित्ताका लागि आवेदन दिएका हुन्।

न्यादीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यस आयोजनाको अनुमानित लागत ६ अर्ब ११ करोड ७० लाख ५५ हजार रुपैयाँ रहेको छ।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp