तोलामा ५ सयले घट्यो सुनको भाउ

Heading1 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं– बिहीबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। बुधबार ९ सय रुपैयाँले बढेको सुनको भाउ बिहीबार ५ सय रुपैयाँले घटेको हो।

आज छापावाला सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाला सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, बिहीबार सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। बुधबार प्रतितोला ११ सय ६५ मा कारोबार भएको चाँदीको भाउ बिहीबार  १० रुपैयाँले घटेको हो। आज चाँदी  ११ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp