आर्थिक वर्षको पहिलो महिना मुद्रास्फीति ४.३५ प्रतिशत

Heading2 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं- नेपाल राष्ट्र वैंकले आर्थिक वर्ष २०७७/०७८को पहिलो महिनाको अवस्था सार्वजनिक गरेको छ।

राष्ट्र वैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मुद्रास्फीति ४.३५ प्रतिशत रहेको छ।

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.३५ प्रतिशत  रहेको राष्ट्र वैंकको प्रतिवेदनमा उल्लेख छ।

आयात ७५.७ प्रतिशतले र निर्यात ११५.९ प्रतिशतले बढेको राष्ट्र वैंकले जनाएको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.१ प्रतिशत र अमेरिकी डलरमा १७.५ प्रतिशतले घटेको  राष्ट्र वैंकले जनाएको छ।  शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा  रहेको प्रतिवेदनमा उल्लेख छ।

कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ४२ करोड अमेरिकी डलर रहेको उल्लेख छ। संघीय सरकारको खर्च १० अर्ब ४९ करोड र राजस्व परिचालन रु.९३ अर्ब २६ करोड रहेको प्रतिवेदनमा उल्लेख छ। विस्तृत मुद्राप्रदाय १.६ प्रतिशतले घटेको र  वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १९.५ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १.६ प्रतिशतले घटेको  र निजी क्षेत्रमाथिको दावी १.६ प्रतिशतले बढेको राष्ट्र वैकले जनाएको छ। वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर १९.६ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर २८.४ प्रतिशत प्रतिवेदनमा उल्लेख छ।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp